24th April 2026, Friday

Namaste

Express

त्रिविले माग्यो प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि दरखास्त

Post Image
10 महिना अगाडी

News by: Namaste Express

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापकमा आन्तरिक र खुलाा भर्ना प्रक्रिया अघि बढाइएको छ।

सेवा आयोगको कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।

खुला र आन्तरिक प्रतिस्पर्धाका लागि आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरूले त्रिविले तोकेको म्यादभित्र दरखास्त दिन सक्नेछन्। विस्तृत विवरण र दरखास्त दिने प्रक्रिया सम्बन्धी जानकारी त्रिविले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।

विभिन्न पदहरुमा ५०० बढीको बढुवा तथा भर्ना प्रक्रिया अघि बढाएकोमा १०० भन्दा बढी चिकित्सा र नर्सिङ तर्फको पद रहेको छ।

दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ।
Post Image


No ad available.


No active ad available.