17th April 2026, Friday

Namaste

Express

नयाँ विद्रोह सुरु गरेर प्रतिक्रियावादीहरूलाई परास्त गर्ने तयारीमा छु : प्रचण्ड

Post Image
8 महिना अगाडी

News by: Namaste Express

आइतबार १८ साउन, २०८२
काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एक पटक विद्रोहको आवश्यकता रहेको र त्यसको तयारी गरिरहेको बताएका छन्।

दोलखामा भएको ‘बोत्ले हत्याकाण्ड’ को स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धदेखि नै अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियत आफू फेरि एक पटक नयाँ क्रान्तिको तयारीमा रहेको बताए।

प्रचण्डले भने - फेरि एक पटक क्रान्ति आवश्यक छ। हामीले नयाँ विद्रोह मार्फत प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ, यो मेरो प्रतिबद्धता हो र म पनि यसको तयारीमा छु। चाँडै हामी मध्य पहाडको यात्रामा निस्कनेछौं, हामी शहीद परिवारका घरमा गएर खाना खाइरहेका छौं, उनीहरूको दुःख र सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिँदैछौं।

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा पछिल्लोपटक जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्ने र बिदा दिने निर्णय गरेको तर अदालतले त्यसलाई रोकेको बताए।

पूर्वमन्त्री विशाल खड्काले दोलखाको साबिक काटाकुटी गाविसको वडा नम्बर १ को बोत्ले भन्ने ठाउँमा सुरक्षाकर्मीको कारबाहीमा १५ माओवादी कार्यकर्ता मारिएको दिन, साउन १८, २०५९ मा माओवादी पार्टीले बोत्ले हत्याकाण्डको रूपमा सम्झना (स्मरण) गर्ने गरेको बताए।

Post Image


No ad available.


No active ad available.