17th April 2026, Friday

Namaste

Express

मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा

Post Image
8 महिना अगाडी

News by: Namaste Express

सोमबार १९ साउन, २०८२
हेटौँडा -
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिएको छ।

लामाले आफ्नो सचिवालय सदस्य छत्र लामा मार्फत प्रदेश प्रमुखका स्वकीय सचिव बलराम गैरेलाई राजीनामा पत्र बुझाएका छन्।

प्रदेश प्रमुख दीपक देवकोटा उपचारपछि सोमबार हेटौंडा फर्किएका छन्। उनी आफ्नो निवासमा आराम गरिरहेका छन्। मुख्यमन्त्रीबाट राजीनामा पत्र प्राप्त भएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढ्नेछ।


No ad available.


No active ad available.