17th April 2026, Friday

Namaste

Express

जनार्दनबारे प्रचण्डले भने- नियमभन्दा बाहिर गएर सार्वजनिक रूपमा बोल्दा राम्रो सन्देश गएन

Post Image
8 महिना अगाडी

News by: Namaste Express

शुक्रबार १६ साउन, २०८२
काठमाडौँ -नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माले पार्टी विरुद्ध सार्वजनिक रूपमा गरेको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

जारी स्थायी समिति बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टी नेतृत्व विरुद्धको सार्वजनिक रूपमा गरेको अभिव्यक्तिले राम्रो सन्देश नदिएको बताए।

प्रचण्डलाई उद्धृत गर्दै एक नेताले भने, ‘पार्टी भित्रका विषयमा छलफल र बहस गर्न सबै स्वतन्त्र छन्। तर, जनार्दनजीले सार्वजनिक रूपमा भनेको कुरा सही होइन र यसले राम्रो सन्देश दिएको छैन। पार्टी भित्र अनुशासन कायम राख्नुपर्छ।’

शर्माले हालै नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनको माग गर्दै आएका छन्। आगामी महाधिवेशनबाट नेतृत्वका लागि प्रचण्डलाई चुनौती दिन अगाडि बढेपछि माओवादी भित्र आन्तरिक द्वन्द्व तीव्र भएको छ। प्रचण्ड र शर्माबीचको आन्तरिक द्वन्द्वको विषय पनि बैठकमा छलफलको विषय बनेको छ।





No ad available.


No active ad available.