17th April 2026, Friday

Namaste

Express

पार्टीभित्रको मतभेदले विभाजनको दिशा लिँदैन : वर्षामान पुन

Post Image
8 महिना अगाडी

News by: Namaste Express

शनिबार १७ साउन २०८२
काठमाडौं -नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी भित्र देखा परेका गलतफहमी र मतभेदले संगठन फुट्ने सम्भावना नरहेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको आन्तरिक द्वन्द्वलाई मिडिया र केही व्यक्तिहरूले बढाइचढाइ गरिरहेको दाबी गरे।

‘पार्टी भित्र उत्पन्न हुने सामान्य मतभेदलाई व्यवस्थापन गरेर अगाडि बढ्नु हाम्रो अभ्यास हो,’ पुनले भने। ‘यस्ता विषयमा बाहिर जतिसुकै हल्ला गरे पनि यसले पार्टी फुटाउने भ्रम सत्य होइन। अध्यक्ष प्रचण्डको नेतृत्वमा हामी पार्टीलाई थप एकताबद्ध गर्दै जानेछौं।’

उनले भविष्यमा समान विचार राख्ने अन्य दलहरूसँग एकता गर्ने प्रयास भइरहेको बताए। पुनका अनुसार पार्टी एकताको विषयमा एकीकृत समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरूसँग छलफल र संवाद जारी छ।

‘हामी समाजवादी मोर्चामा आबद्ध दलहरूसँग समन्वय गरी एकताको सम्भावना खोजिरहेका छौं। समान विचार र प्रवृत्ति राख्नेहरूसँग एकता स्वाभाविक रूपमा सम्भव छ,’ उनले थपे, ‘तर केही व्यक्तिहरू यस्तो प्रक्रियामा अवरोध सिर्जना गर्न, भ्रम फैलाउन चाहन्छन्। तर हामी संयमित तरिकाले छलफल अगाडि बढाइरहेका छौं।’

पुनले एकताको मुद्दालाई पार्टीले औपचारिक एजेन्डाको रूपमा अगाडि बढाएको बताए। बैठकको अन्त्यमा साझा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको उनले बताए।




No ad available.


No active ad available.