17th April 2026, Friday

Namaste

Express

असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी

Post Image
9 महिना अगाडी

News by: Namaste Express

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयारी गरेको छ ।

जसका लागि समितिको बैठक बोलाइएको छ । ‘सकेसम्म आज भोलि पर्सी समितिबाट विधेक पास गर्छौं,’ सभापति अम्मर बहादुर थापाले भने ।
बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको छ । उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जनाएको छ ।

केही विषयमा टुंगो लाग्न बाँकी छ । बिहीबार बिहान ८ बजे समन्वय उपसमितिको बैठक बोलाइएको छ । शिक्षा समितिका अनुसार, उपसमितिले मिल्न बाँकी विषय मिलाएर दिउँसो १ बजे समितिको बैठकमा लैजाने तयारी छ ।

गत वैशाख १७ गते शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । ऐन माग गर्दै शिक्षकहरूले चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्ताल गरेर आन्दोलन गरेका थिए ।


No ad available.


No active ad available.