17th April 2026, Friday
Namaste
Express
News by: ट्रान्सजेन्डरको अपरेसनमा खटिएको चिकित्सकको टोली।
नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोचोटि सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ ।
प्लास्टिक, रिकन्स्ट्रक्टिभ तथा एस्थेटिक सर्जरी विभागले २०८२ साल जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको विशेष सर्जिकल क्याम्पमा अनुहार, स्तन तथा जननेन्द्रिय सम्बन्धी विभिन्न शल्यक्रियाहरू सम्पन्न भएको थियो ।
विदेशी विशेषज्ञ प्लास्टिक सर्जन डा. अलिरेजा हामिदियन जारोमीको नेतृत्वमा तथा विभागीय प्रमुख प्रा.डा. जयन मान श्रेष्ठको संयोजकत्वमा उक्त अप्रेशन सम्पन्न भएको
थियो । शल्यक्रिया टोलीमा डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टर डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्विनको सक्रिय सहभागिता थियो ।
जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको हो’
शल्यक्रियामा एनेस्थेसिया सेवा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको नेतृत्वको टीमले सहयोग गरेका थिए ।
कार्यक्रमपछि विभागीय प्रमुख डा. जयन मान श्रेष्ठले अबदेखि शिक्षण अस्पतालमा लिंग पुष्टिकरण क्लिनिक स्थापनाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए
।
यस क्लिनिकमार्फत ट्रान्सजेन्डर समुदायका लागि आवश्यक शारीरिक तथा मानसिक मूल्यांकलनपछि लिंगीय पुनर्निर्माणसहितका सेवा नियमित रूपमा उपलब्ध गराइने योजना बनाइएको छ ।
यस कार्यक्रमले सामाजिक, मानसिक, भावनात्मक र शारीरिक रूपमा फरक पहिचान बनाएका ट्रान्सजेन्डर व्यक्तिहरूलाई सम्मान र स्वास्थ्य सेवामा पहुँच दिलाउने उद्देश्य राखेको छ ।
यस्तो सेवा लिनका लागि विदेश जानुपर्ने, उच्च खर्च बेहोर्नुपर्ने बाध्यता रहेकोमा अब नेपालमै यो सेवा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।
‘हालसम्म यो अप्रेशन गर्न विदेश जानुपर्ने बाध्यता भएको र धेरै खचिलो पनि हुने गरेको थियो । तर नेपालमा यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर सुमदायलाई धेरै राहत मिल्छ,’ प्रा.डा गोपाल सेढाइले भने ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णयलाई माओवादीले गर्यो स्वागत
३९ स्थानीय तहले कानुनी समयभित्र बजेट ल्याउन सकेनन्