17th April 2026, Friday

Namaste

Express

संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेकका दल छलफलमा

Post Image
8 महिना अगाडी

News by: Namaste Express

बुधबार २१ साउन, २०८२
काठमाडौं -
संघीय संसदमा प्रतिनिधित्व गर्ने दुई सत्तारुढ दल नेकपा-एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूसँग छलफल भइरहेको छ।

सिंहदरबारस्थित नेकपा-माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक जारी छ।

साउन २२ गतेसम्म सुझाव दिन निर्वाचन आयोगले राजनीतिक दलहरूलाई पठाएको 'राजनीतिक दल आत्ममूल्याङ्कन कार्यविधि, २०८२' बारे बैठकमा छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

बैठक सञ्चालन गर्दै उनले 'राजनीतिक दल आत्ममूल्याङ्कन कार्यविधि, २०८२' का प्रावधानहरू वर्तमान संविधान, ऐन र कानून विपरीत रहेकाले त्यसबारे छलफल गरी साझा धारणा बनाउन आवश्यक रहेकाले बैठक बोलाइएको जानकारी गराएका छन् ।कुसुम महर्जनको आवेदनलाई बैठकले स्वीकृत गरेको छ।
Post Image
Post Image


No ad available.


No active ad available.