17th April 2026, Friday

Namaste

Express

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णयलाई माओवादीले गर्‍यो स्वागत

Post Image
9 महिना अगाडी

News by: BibekSh

भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र केन्द्रले स्वागत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

माओवादी केन्द्रका सांसद वर्षमान पुनले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरुसँग जेठ २ गते भएको सहमति अनुसार उच्चस्तरीय अध्ययन तथा छानबिन समिति बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिए।

‘छानबिन समिति गठन गर्नुपर्ने हाम्रो माग नै हो । समिति गठन गरेकोमा सरकारले भिजिट भिसा प्रकरणमा जुन छानबिन समिति गठन गरेको छ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सकारात्मक कदम भएको बताए । तर समितिको कार्यक्षेत्र हेरेर मात्र थप अध्ययन गरेर धारणा बनाउने जानकारी दिए ।


भिजिट भिसाको मामलामा, माओवादीहरूले गृह मन्त्री रमेश लेखक पनि संलग्न रहेको आरोप लगाउँदै माओवादीले स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीसँग मिलेर १८ दिन संसद् अवरुद्ध गरे भन्ने दावी गरे। जेठ ३० गते सत्तापक्षसँग दुई बुँदे सहमति भएपछि संसद्को अवरोध हटाएको थियो ।

यस्तै संसदमा पेस भएको आर्थिक वर्ष २०८२-८३ को बजेट पारित गर्ने विषयमा माओवादीका सांसदहरूलाई ह्विप
Post Image
जारी नगरिएको बताए ।
Post Image


No ad available.


No active ad available.