18th April 2026, Saturday

Namaste

Express

ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड

Post Image
10 महिना अगाडी

News by: Namaste Express

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत नभएको बताएका छन् । आइतबार पार्टी निकट युवा संगठन वाइसीएलको तेस्रो सम्मेलनलाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्दै प्रचण्डले व्यवस्थाको रक्षा गर्ने जिम्मा माओवादीको भएको बताए।

‘यो सरकारको त केही हैसियतै छैन । यसको इच्छाशक्ति पनि छैन । गफ गर्ने बाहेक हैसियत पनि छैन । हामीहरूले एक लाख मानिस उतारेर देखायौँ । यिनीहरूले गफ गरे–काठमाडौँ कब्जा, लाजै मर्नु देखियो । तर देश दुनियामा यति बेइजत भयो एमाले पार्टीको । यस्ता छन् यिनीहरूलाई, केहि मतलब छैन । त्यसकारण यो जिम्मेवारी लिने हामीले नै हो’, उनले भने ।

प्रचण्डले चैत १५ गते राजावादीहरुले हत्या, हिंसा र आगजनीको चरित्र देखाएको बताउँदै त्यसको प्रतिवाद वैचारिक र राजनीतिक रूपमा माओवादीले मात्रै गर्नसक्ने जिकिर गरे ।

यसैगरी प्रचण्डले पार्टीभित्र देखिएको रोग वाइसीएलमा पनि सरेको बताए । यद्यपि रोग लाग्नुको मुख्य दोषी वाइसीएल नभएर पार्टी नै भएको उनले स्वीकारे ।

‘पार्टीमा सरेको रोग वाइसीएलमा सरेको मलाई राम्रोसँग थाह छ । म तपाईंलाई दोष दिन्न । मुख्य दोषी पार्टी नै हो । पार्टीमा नै समस्या भएपछि त्यसका हाँगाबिँगा, शाखा सबैतिर रोग सर्नु स्वाभाविक नै हो’, उनले भने, ‘तर पार्टीले आत्मासमीक्षा गरी रूपान्तरण गर्छु भनेर जनतामा गएर आएर र जाँदै गरेको नाताले म तपाईंलाई भन्न चाहन्छु– तपाईंले पनि आत्मसमीक्षा त गर्नैपर्छ । चोखै छौँ भनेर सोच्नुभयो भने रूपान्तरण हुँदैन । त्यसकारण म गम्भीरतापूर्वक सोच्न जरुरी छ



No ad available.


No active ad available.