18th April 2026, Saturday

Namaste

Express

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ७, बुधबार

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सदस्यहरूको प्रश्नको जवाफ दिने कार्यसूची छ।

सभामुख देवराज घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको 'जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गर्ने' निर्णयको प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुनेछ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले 'मत्स्यपालन उद्योगमा सहुलियत सम्बन्धी विश्व व्यापार संगठन सम्झौतामा सामान्य छलफल गर्ने' प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ, संसद सचिवालयले जनाएको छ।

तलको लिङ्कको समाचार पढ्नुहोस्
https://www.namastexpres.com/post/sasathama-bthhabra-parathhanamanatara-oll-sasathaka-parashanaka-javafa-thana/216


No ad available.


No active ad available.