18th April 2026, Saturday

Namaste

Express

गठबन्धनको सरकारको आयु धेरै दिन छैनः माओवादी

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार १८ , बुधबार
काठमाडौं-
नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने तर्क गरेको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति कांग्रेसभित्रै चर्को आक्रोश रहेकाले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने बताए। सरकारलाई लिएर कांग्रेसभित्र चर्को अन्तर्विरोध देखिएकाले सरकारको आयु धेरै दिन छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ," उनले भने।

सापकोटाले आफूहरु सरकार ढाल्ने खेलमा भने नरहेको स्पष्ट पारे। उनले संविधान संशोधनको आवरण बनाएर दुई दलको सरकार बनाइएको भन्दै हालको दुई दलको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख रहेको जिकिर गरे। वर्तमान सरकार मुलुकको कलंकको रुपमा स्थापीत भइरहेको उनको भनाइ छ।

त्यस्तै उनले निजामति विधेयकका विषयमा सांसदहरुको इमानमाथि प्रश्न उठेको भन्दै यसको जिम्मेवारी संसदको नेतृत्व तहले लिनुपर्ने भनेर पनि भने।




No ad available.


No active ad available.