18th April 2026, Saturday

Namaste

Express

एमालेको विधान संशोधन प्रस्ताव पोलिटब्युरो बैठकबाट पारित

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ३, शनिबार
काठमाडौं -नेकपा एमालेले पार्टीको विधान संशोधन प्रस्ताव पारित भएको छ।

पार्टीको शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी भित्र दुई सदस्यीय व्यवस्था र उमेर हद खारेज गर्ने विषयलाई बैठकले स्वीकार गर्दै प्रस्ताव पारित गरेको जानकारी दिए।

"पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव स्वीकार गरेको छ। सामान्य सुझावहरू समावेश गरेर पारित गरिएको छ। यसमा महत्वपूर्ण कुरा पार्टी भित्र दुई सदस्यीय व्यवस्था र उमेर हद खारेज गर्नु हो। हामीले त्यो स्वीकार गरेका छौं र आजको बैठकमा निर्णय गरेका छौं," गौतमले भने।

गौतमले पोलिटब्युरो बैठकमा ६८ सदस्यहरूले आफ्नो विचार व्यक्त गरेको पनि जानकारी दिए। उनले भने।


No ad available.


No active ad available.