18th April 2026, Saturday

Namaste

Express

संघीय संसद अन्तर्गत आज तीन समितिको बैठक बस्दै

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ५, सोमबार
काठमाडौं -संघीय सरकार अन्तर्गत आज तीन समितिको बैठक बस्दैछ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

आज बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकको कार्यसूचीमा राष्ट्रिय बाल अधिकार परिषद्ले प्रकाशित गरेको बालबालिकासम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ माथि छलफल समावेश हुनेछ।

त्यसैगरी, दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकको कार्यसूचीमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल समावेश हुनेछ।

त्यसैगरी, दिउँसो २ बजे बस्ने व्यवस्थापिका व्यवस्थापन समितिको ९५ औं बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल समावेश हुनेछ।


No ad available.


No active ad available.