18th April 2026, Saturday

Namaste

Express

राष्ट्रियसभा बैठक सुरु, यस्तो छ कार्यसूची

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार १८ , बुधबार
काठमाडौं। आजको बैठकमा, उपप्रधानमन्त्री एवं अर्थमन्त्री मन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि प्रतिनिधिसभाबाट प्राप्त सन्देशसँगै 'विनियोजन विधेयक, २०८२' को पारित गर्नको लागि प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ।

आज, २०८२ को विनियोजन विधेयक अन्तर्गत विभिन्न अन्कनित शीर्षकहरूमध्ये राष्ट्रपतिको कार्यालय,उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित बजेटमाथि उठाइएका प्रश्नहरूको जवाफ दिने योजना रहेको छ।

त्यसैगरी, सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले शहरी विकास, सञ्चार, ऊर्जा, भौतिक पूर्वाधार, कृषि, रक्षा, शिक्षा, श्रम, युवा तथा खेलकुद सम्बन्धी बजेटबारे उठाइएका प्रश्नहरूको जवाफ दिनेछन्।

त्यस्तै, आज अर्थमन्त्री पौडेल राष्ट्रिय सभामा २०८२ को आर्थिक विधेयक, प्रतिनिधि सभाबाट आएको सन्देश सहित २०८२ को राष्ट्रिय ऋण उठाउने विधेयकका प्रस्तावहरू राष्ट्रियसभामा प्रस्तुत गर्नेछन्। विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भन्सार विधेयक, २०८० माथि छलफल गरियोस र पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गरिनेछ।

बैठकमा, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र आर्यालले 'संघीय नागरिक सेवा विधेयक, २०८०' सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशसभासमक्ष टेबुल गर्नुहुने’ कार्यसूची रहेको छ भन्ने कुरा उल्लेख गरे।





No ad available.


No active ad available.