18th April 2026, Saturday

Namaste

Express

पद चाहिंदैन, पार्टीमा राख्ने भए काम देऊः बामदेव गौतम

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ७, बुधबार
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गरे, काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम दिन नसके/नदिएदेखि पार्टीमा लामो समयसम्म बस्न नसक्ने बताएका छन् । बुधबार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो बताका हुन् ।

‘मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद’ उनले भने, ‘मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् ।’

उनले थपे, ‘काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिनँ ।’ हालै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका गौतमले पार्टी नेतृत्वलाई आफ्नो लागि कामसहितको पद सिर्जना गर्न आग्रह गरे।

गौतमले काम नगरी बस्न नसक्ने आफ्नो चरित्र बारे उल्लेख गर्दै उनले भने, "यदि तपाईंले मलाई पद दिनुभयो तर काम दिनुभएन भने, म तपाईंसँग लामो समयसम्म बस्न सक्दिन। मलाई काम गर्ने क्षेत्र चाहिन्छ।"

वरिष्ठ नेता गौतमले नेपालले संविधानमा लेखिएको समाजवाद निर्माण गर्नुपर्ने र यसलाई विश्वको सबैभन्दा विकसित समाजमा लैजानुपर्ने बताए।


No ad available.


No active ad available.