18th April 2026, Saturday

Namaste

Express

मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन् : रवी लामिछाने

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कागागारबाट उनले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताएका छन् । सहकारीको बचत रकम ठगी अभियोगमा पूर्वपक्षका लागि कारागार चलान भएपनि अहिले निर्वाचन आयोगको अभिलेखमा सभापति लामिछाने नै रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथोमा प्रवेश गर्दा सभापति रवि लामिछानेको उपस्थिति विनै स्थापना दिवस मनाएको छ। कारागारबाट आज पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा एक सन्देश प्रवाह गर्ने क्रममा लामिछानेले यस्तो बताएका हुन् ।

‘एक अपिलमार्फत उनले भने - 'माथि भएका षड्यन्त्रहरू अझै समाप्त भएका छैनन्।'। २०४६ सालपछिका छत्तीस वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन। राज्य यिनको, अड–अदालत यिनको, मिडियासमेत यिनकै। राज्यका सारा अंग र संरचना यिनकै भर्ती केन्द्र।

घरिघरि लाग्छ, यिनीहरुले मलाई धेरै दुःख दिए । तर, विचार गर्दै जाँदा गएका छत्तीस वर्षमा यिनीहरुले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन । यिनीहरुले मलाई जेल हाले भनेर के दुखमनाउ गर्नु, जब यिनीहरुले सिंगो देशलाई नै जेल बनाईसके ।’

लामिछानेले आफूले कहिल्यैपनि कुनै दिन राजनीतिमा आउनेबारे नसोचेको स्मरण गराएका छन् । राजनीतिमा आउने निर्णय गरेपछि पनि धेरै स्थापित व्यक्तिलाई आफूले नेतृत्व गरिदिन आग्रह गरेको भन्दै सन्दुक रुइत, कुलमान घिसिङ, राजेश हमालदेखि अनिलकेसरी शाहसम्मको नाम लिएका छन् । तर, कसैले पनि विश्वास नगरेपछि मात्रै आँफै सभापति भएर पार्टी दर्ता गरेको लामिछानेले दाबी गरेका छन् ।

कारागारबाट रवि लामिछानेले कार्यकर्तालाई सन्देश पठाए


No ad available.


No active ad available.