18th April 2026, Saturday

Namaste

Express

अध्यक्ष गुरुङद्वारा असार १५ सम्म सदस्यता वितरण गरेर मात्रै अधिवेशन गर्न तरुण दलको परिपत्र

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं । नेपाली तरुण दलका अध्यक्ष विद्वान गुरुङले असार १५ गतेभित्र सदस्यता वितरण गरेर मात्रै अधिवेशन गर्न परिपत्र गरेका छन् ।

बिहीबार अध्यक्ष गुरुङले तरुण दलका सबै जिल्ला कार्यसमितिहरूलाई , ‘दलका जिल्ला कार्यसमितिहरूले अधिवेशन हुन बाँकी आ–आफ्ना जिल्लाका वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रहरूमा सदस्यता लिन छुट भएका तरुण साथीहरूलाई ध्यानमा राखी २०८२ साल असार १५ गतेसम्म सदस्यता वितरण गरी त्यसपछि मात्रै अधिवेशन गर्न निर्देशन गरिन्छ ’ भन्दै सदस्यता वितरणको समय थप गरेर परिपत्र पठाएका हुन्।

परिपत्रमाअध्यक्ष गुरुङले भने ‘दलको पाँचौँ महाधिवेशनको सन्दर्भमा त्यस जिल्लामा गरिएका अधिवेशनका कार्यहरू निरन्तर अघि बढाउनु होला,’ ‘साथै जिल्ला कार्यसमितिहरूले नपुग आवश्यक सदस्यता फारमहरूको दलको केन्द्रीय कार्यालयबाट बुझी लग्नु होला ।’

नेपाली कांग्रेसद्वारा गठित नेपाल तरुण दलको पाँचौँ महाधिवेशन निर्देशन समितिसँग निर्देशनअनुसार तपशिल बमोजिम समन्वय गरी दलको पाँचौँ महाधिवेशन छिट्टै सम्पन्न गर्न क्रियाशील भएर देशै भरका सम्पूर्ण जिल्लाहरूमा अभियानको रूपमा लागिरहेको
Post Image
उल्लेख गरेको छर दलको सबै जिल्ला कार्यसमितिहरूलाई केन्द्रीय कार्यालयको परिपत्र गरिएको छ ।

अध्यक्ष गुरुङले पाँचौँ महाधिवेशन छिट्टै सम्पन्न गर्न क्रियाशील भएर देशभरिका सम्पूर्ण जिल्लाहरूमा अभियानको रुपमा लागिरहेको भन्दै तरुणहरूलाई धन्यवाद प्रकट गरेका छन् ।


No ad available.


No active ad available.