18th April 2026, Saturday

Namaste

Express

सङ्घीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः प्रचण्ड

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार १७, मंगलबार

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संघीय निजामती कर्मचारी सेवा विधेयकको प्रक्रियाका क्रममा गम्भीर साजिश भएको बताएका छन् ।

आज पेरिसडाँडामा नेपाल यंग कम्युनिष्ट लिग (वायसीएल) को केन्द्रीय कार्यकारी बैठकलाई सम्बोधन गर्दै, अध्यक्ष पुष्पकमल दाहालले विधेयकमा चलखेल (हेरफेर) गर्ने र छेडखानी, हस्तक्षेप गर्ने प्रवृतिमा अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकताको जोड दिएका छन्, उनले यस्तो व्यवहार छुट दिन वा सहन गर्न सकिँदैन भनेका छन्।

“परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । संघीय निजामती विधेयकमा षड्यन्त्र भएको छ,” उनले भने, “यो विधेयकमा कसले बदमासी ग¥यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिहरूविरुद्ध कारबाही गराउनेतर्फ हामी लागेका छौँ ।”

अध्यक्ष दाहालले संविधान र जनताको रगत-पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति पहिले पनि देखिएको थियो र यसको पुनरावृत्तिको जोखिम अहिले पनि रहेको बताए। “यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद ग¥यौँ । त्यो प्रवृत्ति अझै पनि जारी छ," उनले भने।

सो अवसरमा अध्यक्ष दाहालले वाइसिएल नेपाललाई पार्टीको विचारधारा, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे । उहाँले पार्टीको आठौं महाधिवेशनले पारित गरेको विधान, विचारधारा, र पंक्तिलाई सार्वजनिक गर्न (जनतासमक्ष लैजान) आवश्यक रहेको बताउनुभयो।अध्यक्ष दाहालले वर्तमान अवस्थामा वर्ग संघर्ष झन जटिल हुँदै गएको उल्लेख गर्दै विचारधारा र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई (बाटोलाई) बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

वर्षायामपछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिँदै अध्यक्ष दाहालले त्यसपछि सुरु गरिने सङ्गठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह गरे ।

"हालको समयमा महाधिवेशनले सर्वसम्मत निर्वाचित चयन गरिएका नेतृत्व र विचारहरूको रक्षा र संस्थागत गर्न आवश्यक छ," उनले भने। वर्षायामपछि मध्य पहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी गराउँदै, अध्यक्ष दाहालले त्यसपछि सुरु हुने संगठन निर्माण अभियानमा वाइसिएललाई सक्रिय रूपमा सहभागिता जनाउन आग्रह गरे।



No ad available.


No active ad available.