17th April 2026, Friday

Namaste

Express

बलात्कार अभियोगमा मधेश प्रदेशका पूर्वप्रमुख झा पक्राउ

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ५, सोमबार
काठमाडौं - मधेश प्रदेशका पूर्व प्रमुख राजेश झालाई प्रहरीले गिरफ्तार (पक्राउ) गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार, मधेश प्रदेशका पूर्व प्रमुख राजेश झालाई हिजो आइतबार, काठमाडौँबाट बलात्कारको आरोपमा पक्राउ गरिएको हो।

उनले भने, "बलात्कारको आरोपमा अदालतले झाको विरुद्ध वारेन्ट (पुर्जी) जारी गरेको थियो। हाम्रो टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको छ।"

प्रवक्ता बोहराले, पक्राउ परेका पूर्व प्रदेश प्रमुख झाविरुद्ध अनुसन्धान गर्न हिजो काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको बताए।


No ad available.


No active ad available.