17th April 2026, Friday

Namaste

Express

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार १६, सोमबार

काठमाडौं - आगामी रणनीति र संगठनको मजबुत बनाउने विषयमा छलफल गर्न सत्तारुढ दल (पार्टी ) नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज हुने छ।

करिब ९ महिनापछि नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजेबाट पार्टी कार्यालय सानेपामा सुरु हुने छ ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको म्याद थप गर्नेबारे र पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका समसामयिक राजनीति विषयमा छलफल हुने जानकारी दिए । कांग्रेस पार्टीले गठबन्धन सरकारको प्रगति र भ्रातृ संस्थाको व्यवस्थापनले पार्टीको आन्तरिक एकता र बाह्य प्रभावकारिता थप मजबुत बनाउने आशा, अपेक्षा गरेको छ।

बैठकमा संघीय र प्रदेश सरकारका मन्त्रीहरूले पनि आफ्नो आफ्नो क्षेत्रको काम कारबाहीबारे रिपोर्ट कार्ड , कार्यसमितिलाई पेश गर्ने बताइएको छ ।

महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे बैठकमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ । प्रवक्ता डा महतले आजदेखि सुरु हुने बैठकले नेपाली कांग्रेसको आगामी रणनीति र सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।



No ad available.


No active ad available.