17th April 2026, Friday

Namaste

Express

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ७, बुधबार
गलकोट (बागलुङ)। अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बसन्त पाण्डेले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको करिडोरको बागलुङ खण्डमा पर्ने बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी दिए।

आज बिहानदेखि उक्त खण्डमा यातायात सञ्चालन बन्द गरिएको छ। वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ।

सूचना अधिकारी पाण्डेले अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर परियोजनासँग समन्वय भइरहेको बताए। करिडोरसँगै बलेवा-कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।


No ad available.


No active ad available.