17th April 2026, Friday

Namaste

Express

प्रचण्ड-माधवबीच दुई दिन निरन्तर छलफलपछि समाजवादी मोर्चाको बैठक बोलाइयो

Post Image
8 महिना अगाडी

News by: Namaste Express

मंगलवार १४ साउन, २०८२
काठमाडौं -समाजवादी मोर्चा नेपालले बैठक बोलाएको छ। बैठक आज दिउँसो ३ बजे आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बोलाइएको छ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मोर्चाको भावी गतिविधि र अन्य विषयमा छलफल हुने बताइएको छ।

मोर्चाको बैठक अघि नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा-एस अध्यक्ष माधव नेपाल लगायत दुई दलका शीर्ष नेताहरूले दुई दिने छलफल गरेका थिए।

मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड माधव लगायत दोस्रो तहका नेताहरूसँग पनि छलफल गरेका थिए।

माओवादी, नेकपा-एस, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा सम्मिलित मोर्चालाई एउटै पार्टीमा रूपान्तरण गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।


No ad available.


No active ad available.