17th April 2026, Friday

Namaste

Express

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

Post Image
9 महिना अगाडी

News by: Namaste Express

५ असार, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज अपरान्ह ४ बजे सिंहदरबारमा छलफल हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफलको प्रयास गरेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालय अनुसार, मंगलबार र बुधबार तीन दलका शीर्ष नेताहरुलाई बैठकमा बस्ने प्रयास भएको थियो । यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिले नै तयार छन्। तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं बाहिर रहेकाले छलफल हुन सकेको छैन् । प्रचण्ड काठमाडौं फर्किएपछि तीन नेताबीच छलफल हुनेछ ।

‘मंगलबार बेलुकी चितवनबाट प्रचण्ड काठमाडौं आउने भनेपछि बुधबार राखियो, उहाँ आउनुभएन । आज दिउँसो २ बजे बैठक हुने भनिएको छ। । तथापि, प्रचण्डको फर्कने समयले कतिबेला बस्छ भन्ने निर्धारण गर्नेछ, प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने ।

उक्त अधिकारीका अनुसार, संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरू बस्न लागेका हुन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सम्बन्धित आयोगले काम गरिरहेको छ । त्यसमा हस्तक्षेप नभएर पीडितका कुरा कसरी सम्बोधन गर्ने भन्ने लगायतका विषयमा तीन नेता छलफलमा बस्ने लागेको नेताहरू बताउँछन् ।

कांग्रेस र एमालेका नेताहरू भने निरन्तर संवादमा छन् । उनीहरू बुधबार बेलुकी पनि छलफलमा थिए ।



No ad available.


No active ad available.