17th April 2026, Friday

Namaste

Express

प्रतिनिधिसभामा आज तीन महत्वपूर्ण विधेयक पेश हुँदै

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २९ ,आईतवार
काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने कार्यक्रम छ। संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार आजको प्रतिनिधि सभा बैठकमा तीन महत्वपूर्ण विधेयकमाथि छलफल हुनेछ।

बैठकको कार्यसूची सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’, उद्योगमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति विधेयक, २०८२’ र कानूनमन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभाले गरेका संशोधनहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएको छ।



No ad available.


No active ad available.