17th April 2026, Friday

Namaste

Express

अब मिर्गौलाका बिरामीले ८.५ लाखसम्मको उपचार छुट : प्रधानमन्त्री ओली

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ६, मंगलबार
काठमाडौं- सरकारले मिर्गौला रोगीहरूलाई ८ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहुलियत गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामाजिक सञ्जालमा यो घोषणा गर्नुभएको हो। उनले यो सहुलियतले पीडित बिरामी र उनीहरूका परिवारलाई ठूलो राहत दिने विश्वास व्यक्त गरेका छन्।

यो सुविधा प्राप्त गर्न बिरामी सरकारको स्वास्थ्य बीमा कार्यक्रमको सदस्य हुनुपर्छ। प्रधानमन्त्री ओलीले आफ्नो पोस्टमा उल्लेख गर्नुभएको छ, "यसका लागि स्वास्थ्य बीमा हुनु अनिवार्य छ।"

मिर्गौला रोगीहरूका साथै सरकारले अन्य सात गम्भीर रोग भएका बिरामीहरूलाई पनि राहत दिने निर्णय गरेको छ।

निर्णय अनुसार क्यान्सर, मुटु, टाउकोमा चोटपटक, मेरुदण्डमा चोटपटक, सिकलसेल एनीमिया, पार्किन्सन रोग र अल्जाइमरका बिरामीहरूले १ लाख रुपैयाँ बराबरको उपचार खर्च पाउनेछन्।


No ad available.


No active ad available.