18th April 2026, Saturday

Namaste

Express

ओलीसँग असन्तुष्टि, एमाले नेताहरू विद्या भण्डारीको नेतृत्व चाहन्छन्

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ६, मंगलबार
काठमाडौं -नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीप्रति गहिरो असन्तुष्टि छ। नेताहरूले ओलीको नेतृत्वले जनतालाई निराश बनाएको र पार्टीमा व्याप्त भ्रष्टाचारको आरोप लगाउँदै आएका छन्। आगामी चुनावमा पार्टीलाई नयाँ नेतृत्व चाहिन्छ भन्ने आवाजहरू चर्को हुँदै गएका छन्।

केही एमाले नेताहरूले आगामी चुनावमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको नेतृत्व सम्हाल्न आग्रह गरेका छन्। उनीहरूका अनुसार भण्डारीको स्वच्छ छवि र लोकप्रियताले पार्टीलाई नयाँ ऊर्जा दिन सक्छ।

नेतृत्व परिवर्तनको बहस पार्टी भित्र तातो बन्दै गएको छ र आगामी चुनावको लागि रणनीतिक छलफल आन्तरिक रूपमा तीव्र हुँदै गएको छ।
Post Image


No ad available.


No active ad available.